सियारन आँधीले बेलायतमा ठूलो मात्रामा बिजुली कटौती, विद्यालय बन्द

एजेन्सी । युनाइटेड किंगडम (बेलायत) को दक्षिणी भागहरूमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा, तिब्र हावा र भारी वर्षाले बिजुली आपूर्ति प्रभावित भएको बताइएको छ ।

आँधीले ज्यान गुमाउन सक्ने चेतावनी दिएपछि दक्षिणी इङ्गल्याण्डका ३ सय भन्दा बढी विद्यालयहरू बन्द गरिएका छन् । आज पनि केही विद्यालयहरू बन्द रहने बताइएको छ । जर्सीका करिब ४० जनालाई उनीहरूको घरहरू क्षतिग्रस्त भएपछि बिस्थापित गरिएको थियो ।

हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा (लगभग १६७ किलोमिटर प्रति घण्टा) मा पुगेको थियो । सरकारले स्थानीहरूलाई आँधी नरोकिएसम्म घरभित्रै रहन आग्रह गरेको छ । आँधी सियारानले नोभेम्बरमा इङ्गल्याण्ड र वेल्समा रेकर्ड गरिएको सबैभन्दा कम समुन्द्री सतहको चापको लागि नयाँ रेकर्ड बनाएको छ ।

आँधीकै कारण स्पेनमा एक महिलाको मृत्यु भएको छ । एट्लान्टिक तुफान सियारबाट देशमा १०० किलोमिटर प्रतिघण्टाको हावा र भारी वर्षाका कारण बिहीबार स्पेनको राजधानी म्याड्रिडमा रुख खसेर एक महिलाको मृत्यु भएको हो ।

दुर्घटना म्याड्रिडको केन्द्रमा रहेको चाम्बेरी जिल्लामा भएको हो । शहरको फायर ब्रिगेडले महिलाको मृत्यु भएको पुष्टि गर्दै घटनामा थप तीन जना घाइते भएको बताएको छ । म्याड्रिडमा बिहीबार रूखका हाँगाहरू झर्ने जोखिमको कारण शहरका सबै पार्कहरू जनताका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =