जनताको आवाजमा सरकार प्रतिक्रिया बहीन बन्यो : सांसद शुक्ला

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले सांसदहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिन नसकेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार जनताको आवाजमा प्रतिक्रियाबिहीन रहेको बताउनु भयो ।

उनले कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रिया बिहीन हुनु सरकारको कमजोरी भएको बताए ।

उनले सरकार प्रतिक्रिया बिहीन हुँदा संसदको आकर्षण घट्ने बताए ।

उनले भने– ‘सरकारले यहाँ उठेका अधिकांश विषयहरु सरकारले नोटिस पनि दिँदैन, प्रतिक्रिया पनि दिँदैन । प्रतिक्रिया बिहीन छ । के हुन्छ कार्यान्वयन भन्नेकुरा हाम्रो कल्पनामा मात्रै सिमित छ । कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रिया बिहीन हुँदा दुःख लाग्छ । सरकार यदी प्रतिक्रिया बिहीन भएर संसदमा बस्छ भने संसदको आकर्षण घटेर जान्छ र लोकतन्त्र प्रतिको वितृष्णा आउँछ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’

उनले कानून निर्माणमा मुल संसद भन्दा संसदीय समितिको भुमिका महत्वपूर्ण हुने भएपनि समितिको नेतृत्व चयन नै ढिला भएको बताए ।

त्यसको परिणामूस्वरुप कानूनहरु पर्याप्त रुमा अघि बढाउन नसकिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =