सामाजिक सञ्जालबाट नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात उनलाई पक्राउ गरिएको हो ।

साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =