टर्कीले पर्यटक बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने

काठमाडौँ । टर्की पर्यटन क्षेत्रले पर्यटकहरूको आकर्षण बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने भएको छ । थप वैकल्पिक गन्तव्यहरूको पहिचान गरी धेरै भन्दा धेरै पर्यटकहरू भित्र्याउने योजना बनाइरहेको बताएको छ ।

एशोसिएशन अफ टर्किस ट्राभल एजेन्सीका अध्यक्ष फिरोज बगलकायाले धेरै पर्यटक भित्र्याउन डिसेम्बरको पहिलो हप्तामा प्रारम्भिक बुकिङ अभियान सुरु गरेको बताए । समुन्द्री सतहदेखि सूर्य, सांस्कृतिक पार्क र चिकित्सा पर्यटकहरूलाई टर्कीका पर्यटकीय गन्तव्यस्थलले लोभ्याउने उनको भनाई छ ।

टर्कीले सन् २०२३ को पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजश्वबाट कमाएको थियो । यो वर्ष देशले ५६ अर्ब डलरको पर्यटन कारोबार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =