तरकारी बोकेको गाडीले बाइक हान्दा २५ वर्षीय श्रवणको मृत्यु

काठमाडौँ । दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा-राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मंगलबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका-२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि लमही अस्पताल लैजादैगर्दा मृत्यु भएको थियो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर-२ की २६ वर्षीया सविना यादव घाइते भएको दा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

उनको लमही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको एसपी केसीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *