मदिरा जस्तो तिम्रो प्रेम !

प्रिय, वास्तवमा प्रेम भनेको जीवन को भावनात्मक शब्द हो, तर यसलाई शब्दमा परिभाषित गर्न असम्भव छ अनि उचित पनि हुँदैन। जसरी हामीले हावामा उडिरहेका फुलहरूका सुगन्ध देख्न सक्दैनौँ अनुभव गर्न सक्छौ त्यस्तै प्रेम पनि एक भावना हो।

विभिन्न वैज्ञानिक, दार्शनिक, उपन्यासकार,भिक्षु, मनोवैज्ञानिकहरूका अनुसार प्रेमको परिभाषा फरकफरक रहेको छ। तिमिलाई थाहा नै होला, प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सीमा नै छैन। प्रेम का कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने कम नै भेटिन्छन्।

प्रिय आज म फेरि पनि तिमिलाई दोस्रो पटक पत्र लेख्दै छु। तिम्रो प्रेम मैले बुझ्न सके या सकिन त्यो मलाइ थाहा भएन, किनकि प्रेम त उमेर अनुसार फरक हुँदो रहेछ।

तिम्रो प्रेम त मलाइ मदिरा जस्तो लाग्यो। तिम्रो प्रेम मा म लट्ठ भए। अर्धबेहोस भए। तिम्रै झ–झल्कोमा हराएर दुनियाँ सँग बेखबर भए। सोच त के गरिन तिम्रो प्रेम पाउँदा मदिरा भन्दा पनि कडा हुँदो रैछ नि तिम्रो प्रेम को मात ।

मदिरा त पिउन छोडेपछि लाग्दैन तर तिम्रो प्रेम को मदिरा त एकपटक खाएको थिए अनि अहिले छाडे पछि पनि बारम्बार तिम्रै याद ले बल्झाउँदो रहेछ।

सायद प्रेमलाई बन्धन पनि भन्ने गर्छन् क्यारे, त्यसैले होला मलाई तिम्रो प्रेम को बन्दनले बेलाबेलामा बल्झाइरहन्छ। अनि अर्को कुरा, प्रेम बन्धन भएर पनि कति प्रिय अनि कति लोभलाग्दो ।

मान्छे सबै बन्धनबाट उम्कन चाहन्छ तर प्रेमको बन्धनमा बाँधिन चाहन्छ। फुलमा भएको सुगन्धलाई जतिसुकै च्यातेर फाले पनि सुगन्ध चुँडाउन सकिँदैन त्यसैगरी प्रेम को अदृश्य बन्धन पनि चुँडाउन नसकिने हुँदो रहेछ।

तिमीले हामी छुटिनुभन्दा १०र१५ दिन पहिले तिम्रै हात ले चिठी लेखेर अब हामी प्रेममा रहन सक्दैनौँ भन्दा मैले वि।सं २०७२ साल को महाभूकम्प आएको जस्तो धक्का महसुस गरेको थिए। त्यसैले भन्ने गर्छु तिम्रो प्रेम बुझ्न सकिन।

तिम्रो प्रेममा म यति धेरै भिजेको थिए कि तिमी ‘तिमी’ नै थिइनौ मेरो प्रेम थियौ। प्रीति आलेले भनेजस्तै मेरो नसा नसा रगतमा थियौ, तर जब तिमी गयौ तिम्रो प्रेम सँगै म पनि सती गए अथवा मेरो नसा नसा रगत मा तिम्रो प्रेम पुग्न सकेन, अनि भन्ने गर्छु मदिरा जस्तो तिम्रो प्रेम।

तिम्रो प्रेम जस्तै मदिरा पनि खाएपछि नसा नसामा पुग्छ। आखिर तिम्रो प्रेम को अर्को उपनाम यही मदिरा नै रैछ क्या।
तिमी मेरो पहिलो प्रेम थियौ म तिम्रो पहिलो दोस्रो कुन थिए त्यो तिमिलाई नै थाहा होला तिमि मेरो पहिलो प्रेम हुँदा म प्रत्येक दिन लाई भ्यालेनटाइन डे भन्दा बढी महत्त्व दिएको थिए।

हिजो हामीले बिताएका रमाइला स्थान आज मरुभूमि झैँ निराश र उजाड बनेका छन्। मुटु फुटाउने छाती भक्कानिने पलहरू बनेका छन्। प्रेमले भिज्ने आँखाहरू आज त्यही तिम्रो प्रेमको सम्झना मा रुने गरेका छन्।

हिजो तिम्रो माया, साथ, सल्लाह सेवन गरेका यी नसाहरूले आज प्रेम कै कारण मदिरा सेवन गरेका छन्, अनि भन्न बाध्य हुन्छु मदिरा जस्तो तिम्रो प्रेम।

तिमिले लेखेर दिएको प्रेम पत्र मैले आज पनि जतन साथ राखेको छु। तिम्रो सुन्दर औलाबाट कालो मसिले लेखेका ती अक्षरहरू समयको अन्तरालले फिक्का पारिदिएता पनि यादहरू भने गाढा छन्।

हुन त तिमिलाई मेरो माया नलाग्ने पनि होइन। मलाइ तिम्रो माया नसा बनेर लाग्यो, तर मेरो माया तिमिलाई माया नै बनेर लाग्यो। समय र परिस्थितिले तिमिलाई त्यस्तै बनायो । परिवार को खुसीको लागि मलाइ त्याग्नु पर्यो, तर पनि केही छैन। म त तिम्रो छाया मा नै मेरो जिन्दगी समर्पित गर्न चाहन्थे।

हाम्रो प्रेमको फूलबारी रङ्गीचङ्गी बनाउन चाहन्थे। प्रेमका पुलवारिमा भएका कोपिलाहरूको अनुराग फक्रीयोस र सबतिर अनुराग छरोस् भन्ने मेरो कामना थियो, तर आज यी सबै सपनाहरू बन्द कोठा भित्र छरपस्ट भएका छन्।

प्रीय म जस्तो थिए त्यस्तै छु तिमी जस्ती थियौ त्यस्ती रहिनछौ, किनकि यहाँ भनाइ र गराइ मा फरक हुँदो रहेछ। हुन त मैले म जस्तो थिए त्यस्तै छु भन्दा तिमिलाई आफैले आफैलाइ मपाइ भनेको जस्तो लाग्ला तर होइन। म त अझै पनि तिमिलाई तिमिले बुझ्न सक्ने जति, तिमिले लिन सक्ने जति, आफ्नो हृदय मा समेट्न सक्ने जति, मुहारमा मीठो मुस्कान फलाउन सक्ने जति प्रेम गर्छु।

तिमिलाई हेरेर कहिल्यै नथाकेका यी निर्दोष नयनहरू तिम्रो स्पर्श बोकेर आउने बतासहरूलाई अझै पनि साची राखेर भन्छु, तिम्रो जीवनमा हर्ष उमङ्ग पोखेर म भित्री हृदय देखि नै तिमिलाई निस्वार्थ प्रेम गर्छु।

तानाशाह हिटलर ले भनेका छन् प्रेम होइन युद्ध गर्नुहोस् युद्धमा तपाईँ कि मर्नु हुन्छ कि बाच्नु हुन्छ। तर प्रेम मा तपाईँ न बाच्नु हुन्छ न मर्नु हुन्छ नै। हो त्यस्तै बनाइयो मलाइ तिम्रो प्रेमले पनि।

मन जोड्ने देखि महल जोड्ने सम्मको सपना बोकेका हामी आज सम्बन्ध टुटाएर बसेका छौ। सम्बन्ध मात्रै टुटेको होइन, मन पनि टुटेको छ। मुटु भकानिरहेको छ। आँखा रसाएका छन्। जसरी देश बाट परदेश पटाउँदा बिदाइ का हात हल्लाउँदा आँखा रसाउँछन्। ठ्याक्कै त्यसतै भएको छ। मात्र वेदना र रोदन फरक हो ।

अहिले तिम्रो जीवन के कस्तो छ मलाइ थाहा छैन तर म भने विवश भएको छु। मन भरी पीडा को भारी बोकेको छु। तिमिले बेला बेला पठाएका पत्र हरू सँगालेर राखेको छु।
आजकल त जीवन का पानाहरू पनि शून्य भएका छन्। रङ्गिन सपना देख्न छोडेको छु। हृदयमा तिमिलाई सजाउन त भाग्य चाहिँदो रहेछ । तर म अभागी न परे। हुन त एक भएका लाई समय चक्रले छुटाउँछ, मुनामदन लाई छुट्याए जसरी। त्यसैले मेरो केही गुनासो छैन अनि केही दुख पनि।

प्रिय, आजकल मेरो जीवन जे जस्तो छ आनन्द र मुक्तिले भरिपूर्ण छ। तिमिले छाडे पनि बाआमा को काखमा छु। कुनै चिन्ता छैन, तनाव छैन, एक एक क्षण जीवनको गीत गाउन योग्य भएका छन्।

मैले हिँडेको जीवनको बाटो भाग्यले कोरिदिएका छन्। ती भित्र का स–साना शब्द हाँसोको कारण बनेर म रमाएको छु।

तिम्रो अभावमा मैले बिताएका रात, मेरा चिन्तन, मेरा बिचार अनि मेरा भावना समय मिल्यो भने अवश्य सुनाउला। यो जिन्दगी तिमिले मलाइ समर्पण गर्न नसके पनि अर्को जिन्दगी तिमिले भन्दा पहिला म तिमिलाई नै समर्पण गरुँला। प्रेमले मानिस लाई परिवर्तन गराउँछ भन्ने गर्थे तर साँच्चै गराउने रैछ मदिरा भन्दा पनि कडा रहेछ तिम्रो प्रेम को मात । एक पटक मताएपछि बारम्बार मतीरहन्छ ।

उहीँ तिम्रो
भुमिराज पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *