देशका विभिन्न स्थानमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने ३२ वर्षीया कमला गौतमको आगलागीमा परी सोमबार दिउँसो मृत्यु भएको छ ।

भान्सा घरमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा अचानक आगलागी हुँदा उक्त आगलागीमा जलेर कमलाको घट्नास्थलमै मृत्यु भएको हो ।

आगलागीबाट भान्सा कोठा पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाजुरा, बडिमालिका नगरपालिका–८ राप्का बस्ने भरत रावल र वीर रावलको सँगै जोडिएको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा दुवै जनाको २ वटा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित सोही ठाउँ बस्ने ओम प्रकाश पटेलको पुरानो प्लाष्टिक तथा कार्टुन गोदाममा सोमबार राति आगलागी हुँदा
उक्त गोदाम पूर्णरूपमा र गोदामसँगै टाँसिएको उनकै घरको बरण्डा तथा कुखुरा फर्मको छेउ आंशिक रूपमा जलेर करिब ७२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरी प्रधान केन्द्रीय कार्यालयले जनाएको छ ।

अर्काे नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका–४ झ्यालवास बजारस्थित सोही गाउँपालिका–१ जुकेपानी बस्ने खेमु गाहाको दाजुभाई मोबाइल पसलमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

त्यस्तै झापा, कमल गाउँपालिका–४ एकता टोल बस्ने लिला बहादुर राईको घरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै गुल्मी, मालिका गाउँपालिका–६ फुलबारी बस्ने राम प्रसाद भण्डारीको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =