भोटेकोशीमा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन

काठमाडौँ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।

सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षिय छिरिङ्ग तामाङ्ग यही कार्तिक ८ गते उक्त खोलामा हामी फाली बेपत्ता भएको बताईएको छ ।

कार्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षिय फुर्पु छिरिङ्ग तामाङ्गलाई कुटपिट गरेपछि प्रहरी चौकी थुमनले सोधपुछको लागि मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकललाई पल्टाई भागेर उक्त खोलामा हाम फाली उनी बेपत्ता भएका थिए ।

उनको खोजीकार्यको लागि सोमबार लागि सशस्त्र प्रहरी बल नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =