ढोकाको ताल्चा फोडेर करिब ३ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुर । गोदावरी नगरपालिका–४ बडिखेल धनेश्वर मन्दिर नजिक बस्ने राम प्रकाश घिमिरेको टहरोमा कोही पनि नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर विभिन्न सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

आइतबार दिउँसो चोरी उनको घरमा चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =