बङ्गलादेशमा चीनद्वारा निर्मित पानीमुनिको सुरुङ सञ्चालनमा

एजेन्सी । दक्षिण एसियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ ।

शनिवारबाट बङ्गलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चलनमा ल्याइएको हो । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गरे ।

बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदूत याओ वेन पनि सहभागी थिए ।

राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बङ्गलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

यो दुई पक्षका जनता, व्यापार र पर्यटनका लागि ठूलो अवसर भएको बङ्गलादेश निवासीहरू बताउँछन् । यो चीन र बङ्गलादेशको लागि सहकार्य झनै बढाउने अवसर भएको स्थानीय आनन्द बरुआले बताए ।

सुरुङले प्रस्तावित एसियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ । चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय सहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउने छ ।

बङ्गलादेशमा चीनले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =