एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, यस्तो छ घाइतेहरूको स्वास्थ्य अवस्था

काठमाडौँ । नेकपा एमालेका नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना भएको छ।
बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भई गाडी दुर्घटनामा परेको हो।
गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर एमाले नेता नवीना लामा पनि घाइते भएकी छन्। उनको टाउको र बायाँ हातमा चोट लागेको छ। ब्रेक फेल भई गाडी सडकमै पल्टेको थियो ।
उक्त दुर्घटनामा निम्न व्यक्तिहरू घाईते भएका छन् ।
१.जिल्ला स्याङजा पुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली बायाँ हातको पातामा चोट ,अवस्था सामान्य,
२ ऐ बस्ने निजको छोरा बर्ष १३ को सुबम श्रेष्ठ,अवस्था सामान्य,
३. ऐ बस्ने निजको छोरा बर्ष ५को सुरज श्रेष्ठ, अवस्था सामान्य,
४.जिल्ला काभ्रे चौरीदेउराली गा.पा ७ बस्ने बर्ष ४० की पुर्व सांसद नविना लामा ,टाउको र बायाँ हातमा चोट ,अवस्था मध्यम,
५. खानिखोला गा।पा ५ मिल्चे बस्ने बर्ष ४०की रचना मगर देब्रे घुडामा चोट , अवस्था सामान्य,
६. ऐ बस्ने निजको छोरी बर्ष १६की ईन्जिला सोडारी देब्रे खुट्टामा चोट अवस्था मध्यम,
७. जिल्ला दोलखा कालिन्चोक गा.पा ३ बस्ने बर्ष ३२की मिना श्रेष्ठ टाउकोमा चोट अवस्था मध्यम,
८. ऐ.ऐ बस्ने बर्ष ३५ को गोविन्द श्रेष्ठ ,बायाँ खुट्टामा चोट अवस्था मध्यम रहेको,
९. जि.काभ्रे खानिखाला गा।पा ६ बस्ने बर्ष ३५को दिपेन्द्र राना दाहिने आखा, बाया हातमा चोट, अवस्था मध्यम,
१०. जि.काभ्रे पाचखाल न.पा १२ बस्ने बर्ष ३५की भक्त कुमारी लामा दाहिने हातको पातामा चोट अवस्था मध्यम।
११. जिल्ला काभ्रे बेथानचोक गा।पा १ बस्ने बर्ष ७४ को सिङताङ तामाङ ,टाउको र गर्धना चोट ,अवस्था मध्यम,








