नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । २८.१८ अंकले घटेर नेप्से परिसूचक १८७५.६५ विन्दुमा आइपुगेको छ।

यसदिन कारोबार रकम पनि घटेको छ। दशैंअघिको अन्तिम कारोबारमा ९७ करोड ६ लाख रूपैयाँको सेयर किनबेच भएकोमा आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको हो। कारोबार रकम २३ प्रतिशतले घटेको हो।

आइतबारबाटै कारोबारमा आएको सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको मूल्य १० प्रतिशतले घटेको छ। पहिलो कारोबार तीन सय ५० रूपैयाँबाट भएकोमा बजार बन्द हुन्दासम्म कम्पनीको सेयर मूल्य तीन सय १५ रूपैयाँ कायम भएको छ।

कम्पनीले पहिलो कारोबारको लागि एक सय ४२ रूपैयाँ ०१ पैसादेखि चार सय २६ रूपैयाँ ०३ पैसासम्मको मूल्य रेञ्ज पाएको थियो।

यस दिन कारोबारमा आएका दुई सय ८३ मध्ये १० वटा सेयर तथा ऋणपत्रको मूल्य बढेर खरीदबिक्री भएको छ। २ सय २६ वटाको मूल्य भने घटेको छ।

कारोबारमा आएका सबै १३ वटा समूहगत परिसूचक घटेका छन्। नेशनल हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। यी कम्पनीको दुई करोड ३० लाखदेखि चार करोड आठ लाख रूपैयाँसम्म सेयर कारोबार भएको छ।

यसदिन सिवाईसी नेपाल लघुवित्त र अप्पर सोलु हाइड्रो को सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ। यी कम्पनीको मूल्य क्रमशः ६.६० प्रतिशत र ८.९९ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *