भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

एजेन्सी । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ ।

राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ ।

नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =