इजरायलमा द्वन्द्वको चपेटामा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारसँग पीडित पक्षको आग्रह

काठमाडौँ । पीडितहरूले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरूलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन् ।

सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिस्टसहितका नौ जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा विष्टले बताइन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताइन् ।

उनले भनिन् ‘बच्चासँग हामी आधिआधि घण्टामा कन्ट्याकमा छौँ । उसले कुरा गर्न पाइराखेको छ । त्यस्तो कन्ट्याक्टविहिन चाहिँ भएको छैन । हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरू आत्तिई राखेका छन् । युद्ध घोषणा भइसक्यो उता चाहि अब चाहिन् हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्युले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरूलाई छिटो लिएर आउनु प¥यो । यो हाम्रो मात्रै चिन्ताको विषय होइन । उहाँहरूले पनि चिन्ता गर्नु पर्छ । उनीहरू अहिलेसम्म चाहिँ सेफमै बसेका छन् । बंकर छैन । उनीहरू आत्तिइराखेका छन् । हामीलाई बंकर भएको ठाउँतिर छिटो सारिदिनु प¥यो भनेर भनिरहेका छन् । उनीहरू त्यो ठाउँबाट भन्दा २५५ किलोमिटर भित्र नै छन् । फेरि हामीहरुकोमा नआउला भन्न सकिँदैन । छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेऊ सरकार ।’

पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरूको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ ।

सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =