आयुस र दिप्सन मल्लको डुबेर मृत्यु

काठमाडाैँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया–६ मा रहेका काँडा नदीमा डुबेर सोही ठाउँका योगेन्द्र मल्लका छोरा ७ वर्षीय आयुस र दीपक मल्लका छोरा ८ वर्षीय दिप्सनको मृत्यु भएको हो ।

नुहाउने क्रममा पानीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई उपचारको लागि नजिकैको बर्दगोरिया अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुई बालकको पानीमा डुबेर मृत्यु भएको घटनामा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =