शान्ति प्राप्तिका लागि रुससँग वार्ता गर्न तयार छौँ : हंगेरी प्रधानमन्त्री ओर्बान

सिन्ह्वा । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीचको युद्ध बिरामको पक्षमा आफू रहेको बताएका छन् ।

बिहीबार उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस र युक्रेनबीचको युद्ध बिरामका लागि हंगेरी शान्तिको पहल गर्न तयार रहेको बताएका हुन् ।

उनले ब्रसेल्समा युरोपियन युनियन (इयु) नेताहरूको बैठकमा भाग लिनुअघि यस्तो बताएका हुन् । उनले शान्तिका लागि आफूहरूसँग स्पष्ट र पारदर्शी नीति रहेको बताए ।

उनले शान्तिका लागि आफूहरूसँग रणनीति रहेको भन्दै शान्तिको पक्षमा बोल्ने आफूमात्रै रहेको बताए ।

ब्रसेल्समा इयु नेताहरूले इजरायल र हमास तथा रुस र युक्रेन युद्धको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =