दसैँ नसकिँदै धान स्याहार्ने चटारो (तस्बिरहरू)
२०८० कार्तिक १० गते

पाल्पाका विभिन्न स्थानका किसानलाई यतिबेला धान काट्ने चटारो छ । दशैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेतखेतमा व्यस्त देखिन्छन् ।
माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेँसी, अर्गलीलगायत फाँटमा धान पाकेर फाँटहरू पहेँलै भइसकेको छ ।
धानमा रोग नलागेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको किसानहरूको भनाइ छ । पानी नपरेका कारण केही भूभागमा धानखेती राम्रो हुन सकेको छैन । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यहाँ आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
गत असार र साउनमा रोपेको धान थन्क्याएपछि किसानहरूले हिउँदै बाली लगाउने तयारी गर्छन् । धान काटेर खाली भएको खेतमा गहुँ, जौ, तोरी, केराउ, मुसुरोलगायतका हिउँदे बाली लगाउने गरिन्छ ।

२०८० कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित








