प्यालेस्टाइनको समर्थन गर्दै ट्युनिसियाका जनताको प्रदर्शन
२०८० कार्तिक ६ गते

सिन्ह्वा । ट्युनिसियाली जनताले प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै प्रदर्शन गरेका छन् ।
ट्युनिसियाको राजधानी ट्युनिसमा ठूलो मात्रामा जुलुस निकालिएको थियो ।
विरोध प्रदर्शन प्यालेस्टाइनलाई समर्थन गर्न राष्ट्रिय समितिद्वारा आयोजना गरिएको थियो । ट्युनिसको केन्द्र, ट्युनिसियामा रहेको अमेरिकी र फ्रान्सेली दूतावासहरू र अन्य ठाउँहरूमा केन्द्रित मार्चमा हजारौँ मानिसहरू सहभागी भएका थिए ।
उनीहरूले प्यालेस्टाइनीहरु, विशेष गरी गाजापट्टीका महिला, बालबालिकाहरूमाथिको आक्रमण बन्द गर्न माग गर्दै नारा लगाएका थिए ।
उनीहरूले पश्चिमेली देशहरू इजरायलको पक्षमा रहेकोमा विरोध गरे ।
२०८० कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित








