प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा प्रदर्शन
२०८० कार्तिक ५ गते

सिन्ह्वा । प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ ।
हजारौँ इजिप्टियनवासीहरु प्यालेस्टाइनको समर्थन गर्दै सडकमा उत्रिएका हुन् । उनीहरूले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको विरोध गरेका थिए ।
इजिप्टवासी कायरोको सडकमा उत्रिएर विरोध जनाएका हुन् । इजिप्टवासीहरूले प्यालेस्टाइनीहरुसँग ऐक्यबद्धता गर्दै विरोध प्रदर्शन गरेका थिए ।
उनीहरूले गाजावासीहरुलाई लचिलोपन कायम राख्न आग्रह समेत गरेका छन् ।
२०८० कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








