कटुवा पेस्तोल र गोली ३ राउण्डसहित एक जना पक्राउ

मोरङ । धनपालथान गाउँपालिका–२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाही हरिपुर्वा नगरपालिका–७ बस्ने रबिन्द्र कुमार यादव पक्राउ परेका छन् ।

२७ वर्षीय यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रिय कार्यालयका अनुसार यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =