ऐतिहासिक दसैंघरमा भित्राइयो फूलपाती (हेर्नुहोस् तस्बिरहरू)

काठमाडौँ । पाल्पाको तानसेनस्थित ऐतिहासिक दसैंघर, निसान भगवती लगायत कोतघर, देवीका मन्दिरमा शनिवार फूलपाती भित्राइएको छ ।

तत्कालीन पश्चिम जनरल कर्नेल उजीरसिंह थापाले पाल्पाको तानसेनमा स्थापना गरेको दसैघरमा परम्परा धान्दै नेपाली सेनाको सलामीसहित फूलपाती भित्राइएको हो ।

पाल्पा दरबार परिसरमा रहेको दसैंघरवाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको नागपोखरीस्थित नेपाली सेनाको दि फेमस महिन्द्रदल गण टुँडिखेल गएका थिए ।

सैनिक, प्रहरी, सलामी दिएर दसैघरमा पूजाआजासहित फूलपाती ल्याएर भित्र्याउने चलन रहेको छ ।

तानसेन बजारको पाल्पा दरबार परिसरमा स्थापना गरेको दसैघरमा रहेको कोतघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि दैनिक पूजा गर्ने परम्परा छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =