इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्छस : बाइडेन
२०८० कार्तिक ४ गते

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतालाई इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्नुपर्ने बताएका छन् ।
प्राइम टाइममा ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले हमाससँगको द्वन्द्वमा इजरायलको सफलता र रुससँगको द्वन्द्वमा युक्रेनको विजय सुनिश्चित गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण भएको बताए ।
उनले युक्रेन र इजरायललाई सहयोगका लागि अमेरिकाले रकम पठाउने पनि बताए ।
बाइडेनले इजरायल भ्रमणपछिको भाषणमा यस्तो बताएका हुन् । हमासबिरुद्धको लडाई जारी राख्नका लागि अमेरिकाले इजरायललाई समर्थन गरेको छ ।
यसअघि गत बिहीबार अमेरिकी विदेश विभागका अधिकारी जोस पलले विदेशी राष्ट्रहरूमा अमेरिकी हतियार हस्तान्तरण गर्ने कार्यको निरीक्षण गर्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
२०८० कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








