सहज छैन दसैँ यात्रा (तस्बिरहरू)

काठमाडौँ । पृथ्वी राजमार्ग बिस्तारको कामले दशैको बेलामा यात्रुहरले सास्ती भोग्नु परेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा गनिन्छ ।

घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको मा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ ।

काम सम्पन्न गर्नुपर्ने म्याद अझै थप्दा पनि प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ । अहिलेको समयमा ओहोरदोहोर गर्ने यात्रुहरूको चाप छ । सडक अवस्थाले समस्या खेप्नु परेको यात्रुहरू बताउँछन् । दशैको समयमा बर्सेनि काठमाडौं बाट घर फर्किँदै आइरहेका दमौलीका रमेश ढकाल यो वर्ष निकै सास्तीका साथ यात्रा गरेको बताउँछ्न् ।

‘ठेकेदारहरूको ढिला सास्तीले गर्दा समयमै घर नपुग्ने समस्या भएको छ,’ उनी भन्छन्, ‘पहिला मुग्लिन देखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकोमा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।’

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ ।

यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *