नेप्से परिसूचक ४.०५ अंकले गिरावट

काठमाडौँ । बिहीबार नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९७ करोड ६ लाख १२ हजार ८९२ रुपैयाँ पुगेको छ।

यस दिन २८४ वटा धितोपत्रको ३७ लाख ६६ हजार १५३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार सिटिजन्स म्युचुअल फण्ड–२ को इकाइ मूल्य सर्वाधिक ५.८७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५७ पैसा पुगेको छ।

यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य ४.७६ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य ८८४ रुपैयाँ ३० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा अपर सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८.२५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४७ रुपैयाँमा झरेको छ।

यस्तै, इन्फिनिटी लघुवित्तको सेयर मूल्य ६.७३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६३८ रुपैयाँमा सीमित भएको छ।

बिहीबार नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३१२ रुपैयाँमा ५ करोड ९० लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा प्रभु बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १०८ रुपैयाँमा ५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, लगानी, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ०.३६ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *