चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्ध वृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरू बन्द गराएको बताए । कन्सर्टहरू बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरू आरामसाथ निदाउन पाएको उल्लेख गरे ।

उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताए ।

उनले भने ‘यस पटक चिडियाखानामा बालबालिका, वृद्ध वृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुनेगरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ भालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरु छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’

मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =