देशभर दसैँ, सिकालीमा ‘खोकना’ पर्व मनाइँदै (तस्बिरहरू)

काठमाडौँ । उपत्यका लगायत देशैभर वडादशै मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने सिकाली जात्रा मनाइएको छ ।

खोकनाका नेवार समुदायले वडादशैको अवसरमा नत जमरा राख्छन् नत विजया दशमीको टिका प्रसाद नै, यहाँका बासिन्दा सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गर्छन्।

स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुसीयालीमा खोकनाका नेवार समुदायले मनाउने सिकाली जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराउँदै मनाउने गर्दछन् । र यो क्रम घटस्थापनाबाट सुरु भई फूलपातीसम्म जारी रहन्छ ।

त्यस्तै यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ, पञ्चमीको दिनमा आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘ घ्याम्पो द्य अर्थात् नवदुर्गाको सहित देवीदेवताको पूजार्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ ।

तस्बिरहरू हेर्नुहोस् :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =