दसैँ मनाउन घर फर्किनेको लर्को (भिडिओ)
२०८० कार्तिक ३ गते

काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमीका लागि गाउँ फर्किनेहरूको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरूको भीड लागेको हो ।
नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरूको उल्लेख्य छन् । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका बताइन्छ ।
अझै यो सङ्ख्या दशमीको दिनसम्म नै बढ्दै जानेछ । हरेक वर्ष दसैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरूको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।
२०८० कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








