गाजामा सर्वसाधारण लक्षित हमलाको नेपालद्वारा निन्दा

गाजा क्षेत्रमा सर्वसाधारण लक्षित हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल सरकारले बताएको छ।

बुधबार गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा सरकारले ध्यानाकर्षण भएको जनाएको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारण लक्षित आक्रमणको निन्दा गरेको छ।

साथै, शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

‘हामी नागरिकविरुद्धको आक्रमणको बारेमा गम्भीर रूपमा चिन्तित छौँ। सबै परिस्थितिमा नागरिकको सुरक्षाको लागि आह्वान गर्दछौं। हामी शान्तिमा विश्वास गर्छौं र विवादको वार्ताका माध्यमबाट शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =