गृहमन्त्री श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ यस्तो

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे सर्टिफिकेट जारी गरिएको छ ।
‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ ले विहिबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।
अस्पतालले श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (ओम)’ मा अवरोध देखिएको बताएको छ ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।
उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
उनको उपचारमा उच्चतम प्रविधि अपनाउन र विशेष ध्यान दिन चिनीयाँ सरकार र पार्टीका उच्च अधिकारीहरूलेअस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।









