लुटपाट गरेको अभियोगमा २ जना किशोर पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेबाट नगद १ लाख रुपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका–८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुच्छ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरूले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र मोबाइलसहित
सोही उपमहानगरपालिका–१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय कार्यालयले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =