फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका–४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =