बाघको छाला र अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–४ सहिद गेटस्थित जुमेरा होटलबाट बाघको छाला र अवैध लागूऔषध चरेससहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

७ फिट ६ इन्च लम्बाई, १ फिट १० इन्च चौडाइ भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेस ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बैतडी मेलौली नगरपालिका–३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका–१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका–१० बस्ने ३० वर्षीय हेम राज जोशी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =