आप्रवासी आगमनलाई लिएर स्पेनको क्यानरी टापुमा आपत्काल घोषणाा
२०८० कार्तिक २ गते

एजेन्सी । स्पेनको समावेशी, सामाजिक सुरक्षा र आप्रवासन मन्त्रालयले अक्टोबरको शुरुदेखि क्यानरी टापुको तटमा धेरै संख्यामा आप्रवासीहरु आएको भन्दै आपत्कालीन घोषणा गरेको छ । सरकारी श्रोतकाअनुसार अक्टोबरको पहिलो १५ दिनमा ८ हजार ५६१ आप्रवासीहरुले टापुमा प्रवेश गरेका थिए ।
यस वर्षको शुरुदेखि हालसम्म २३ हजार ५३७ जना आएको बताइएको छ । सन् २००६ मा ३१ हजार ६७८ आएका थिए । त्यसपछिकै यस वर्ष यो उच्च संख्या हो । आपत्कालीन घोषणा गर्नु मानिसको आवागमनलाई कम गर्नु रहेको बताइएको छ ।
२०८० कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित








