आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ
२०८० कार्तिक १ गते

उदयपुर । आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते
भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।
२०८० कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








