नौलो भेन्चर र लिब्रटी कलेजले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री वितरण

काठमाडौं । नौलो भेन्चर र लिब्रटी कलेजले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । गत असोज २५ गते नौलो भेन्चरले रोटर्याक्ट क्लब अफ लिब्रटी कलेजसँगका सहकार्यमा लिब्रटी कलेजमा दसैँको उपलक्ष्यमा ‘दसैँ दक्षिणा Passing on the smile’ कार्यक्रम गरेको थियो ।
सो कार्यक्रमबाट संकलन भएको रकम सोमबार Dekhyi Tsering Home लाई सहयोग स्वरूप शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको हो । Dekhyi Tsering ले विभिन्न ठाउँमा दुःख पाएका र टुहुरा बालबालिकाहरूलाई ल्याएर कक्षा १२ सम्म निःशुल्क रूपमा शिक्षा प्रदान गर्ने गर्दछ । हाल त्यहाँ ११२ जना बालबालिकाहरू छन् ।
बडा दसैँको अवसरमा आयोजना भएको उक्त कार्यक्रमको नारा नै खुसी एक अर्काबिच साटासाट गर्नु थियो । सोही नारा अनुसार टिकट मार्फत संकलन भएको रकमले Dekhyi Tsering Home बस्दै आएका छात्रा र छात्रलाई शैक्षिक र खेलकुद सामाग्री प्रदान गरी दिउँसो मिष्टान्न भोजन पनि खुवाइएको छ । नौलो भेन्चरलाई लिब्रटी कलेजले दिएका यो एउटा प्लाटफर्म हो ।
जसमा विद्यार्थीले किताबमा भएको सीमित ज्ञानलाई प्रयोगात्मक विधि मार्फत आफूमा भएको कमी कमजोरीहरू सुधार गर्ने मौका पाएका छन् । यस प्लाटर्फममा विभिन्न किसिमको विभाग हुने हुँदा विद्यार्थीले कुनै पनि संस्थामा कसरी कार्य हुने रहेछ र टिममा काम गर्ने बानीको पनि विकास हुने अपेक्षा छ । यस प्लाटफर्मले अध्ययन र प्रयोगमा रहेको दुरीलाई जोड्ने हुँदा एक विद्यार्थीको नेतृत्व र व्यवस्थापन कलाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको हो ।








