नेप्से परिसूचक १३.१८ अंकले बढ्यो

काठमाडौँ । मंगलबार सेयर बजार सूचक नेप्से १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ।

त्यस्तै, असोज अन्त्यमा सबैले पहिलो त्रैमासको कर बुझाउनु पर्छ। यसअघि लगानीकर्ताहरू समेत कर बुझाउने दबाबमा रहेका थिए। यो समय सकिएकोले पनि बजारमा दबाब कम हुन थालेको हो। र, सेयर बजार परिसूचकमा पनि सुधार भएको हो।

मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँमा सीमित भएको छ।

यस दिन २८९ वटा धितोपत्रको ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार एनआइबिएल प्रगति फण्डको इकाइ मूल्य सर्वाधिक ७.३५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रुपैयाँ २० पैसा पुगेको छ।

यस्तै, स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ६.९१ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य २२२ रुपैयाँ ९० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा हाथवे इन्भेष्टमेन्ट रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८.५३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८४ रुपैयाँमा झरेको छ।

यस्तै, सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ६.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०६ रुपैयाँ १० पैसामा सीमित भएको छ।

मंगलबार हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २८४ रुपैयाँमा ४ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२७ रुपैयाँमा ४ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *