बजार मूल्य भन्दा केही सस्तो मूल्यमा खसीबोका बिक्री गर्न लागेकका छौँ : अधिकृत चन्द

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मङ्गलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ ।

व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौँमा ल्याएसँगै मङ्गलवारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रूपमा खसीबोका बिक्री गर्न लागेको बताए ।

उनले यो वर्ष ढुवानी भाडा महँगो भए पनि मूल्य वृद्धि नगरिएको बताए । उनले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताए । उनले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताए ।

उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताए । उनले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताए । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटाँैडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए ।

उनले भने ‘यो वर्ष सरकारले २ हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने बजेट थियो । त्यही बजेट अनुसार हेटौडाबाट र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याई रहेका छौँ । धेरै जसो आइपुगी सकेको छन् । त्यस्तै च्याङ्ग्रा पनि आइसकेको छन् । खसीबोका र च्याङ्ग्राको मूल्यको कुरा गर्दा ढुवानी भाडामा वृद्धि भए पनि जनतालाई सहुलियत होस् भनेर गत वर्षकै दरमा हामीले मूल्य निर्धारण गरेका छौँ । त्यही अनुसार बिक्रिवितरण भइरहेको छ । खाद्यले खसी बोका खरिद गर्दा भेटनरी डाक्टरको रोहवरमा खरिद गछौं । खाद्यमा आइपछि डाक्टरले चेकजाँच गर्नु हुन्छ । अस्वस्थ खसी बोका भए बिक्री वितरण गर्दैनौँ । हेटौडा र दाङबाट ल्याएका खसीबोकाको रङ फरक लगाएका छौँ । विगतमा सहकारी मार्फत धादिङबाट ल्याएका थियौँ । तर यो वर्ष धादिङबाट ल्याउने सम्भावना कम भएर दाङबाट ल्याएका छौँ । अहिले आएका खसीहरू स्वस्थ रहेका छन् । यो वर्ष खसीबोकामा मूल्यवृद्धि गरेका छैनौँ । बजार मूल्य भन्दा धेरै कम छ । बजारमा च्याङ्गा १४ सय रुपैयाँमा बिक्री भइरहेको छ भने १२५०मा बिक्री वितरण गरेका छौँ । बजारमा खसीको ७ सय रुपैयाँ माथि छ तर हामीले ६७० रुपैयाँमा दिएका छौँ । सरकारले बजारको मागलाई भन्दा पनि बजार मूल्य वृद्धि हुन नदिनको लागि आफै खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको हो । दसैँमा सबै खसीबोका र च्याङ्ग्रा बिक्री नभएसम्म बिक्री गर्छौँ ।’

उनले सरकारले बजारको मागलाई पूरा गर्न भन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफैँ खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताए । उनले दसैँमा सबै खसीबोका र च्याङ्ग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =