इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

सिन्हवा । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।

सोमवार कायरोमा उनीहरूले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् ।

गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्वपूर्ण हुने बताए ।

नागरिकलाई घेराबन्दी, भोकमरी र विस्थापन जस्ता सजाय नदिन आग्रह समेत गरे ।

फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =