गैरआवासीय नागरिकता, एनआरएनएको सफलता हो : प्रधानमन्त्री (भिडिओ)
२०८० असोज ३० गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण कार्यक्रम शुभारम्भ गरेका छन् । सो अवसरमा उनले एनआरएनका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।
२०८० असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








