कोशीको विषयमा उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दै देउवा
२०८० असोज २९ गते

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका छन्।
उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति देउवाले छलफल गर्न लागेका छन्।
सोमबार अपराह्न ४ बजे निवास धुम्बाराहीमा छलफल हुनेछ।
सभापति देउवाले उनीहरूसँग कोशीमा विकसित राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमाथि कुराकानी गर्न लागेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक भनेर नबोलाइएको बताए।
‘सभापति, उपसभापतिहरू र महामन्त्रीहरू दिनहुँ जसो छलफल हुन्छ, आज पनि त्यसैको निरन्तरता हो,’ उनले भने।
२०८० असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








