कोशीमा एमाले र कांग्रेस सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन
२०८० असोज २८ गते

काठमाडौँ । कोशी प्रदेशमा एमाले र कांग्रेस सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शमशेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही कांग्रेस हुन् ।
कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।
२०८० असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








