उत्तरी अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु

सिन्ह्वा । उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ ।

साथै अन्य १७ जना घाइते भएका छन् ।

पुल ए खुमरी सहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला विस्फोट भएको थियो । मृतकको सङ्ख्या अझै बढी रहेको स्थानीयहरूको भनाइ छ ।

घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =