पूर्वअरनिको यातायातको कोटेश्वरस्थित बसपार्क सञ्चालनमा
२०८० असोज २८ गते

काठमाडौं । पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ ।
आईतवारबाट प्रा.लि.ले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो ।
पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।
जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि. दर्ता गरेर पूर्वअरनिको यातयात प्रा.लि.ले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।
२०८० असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








