१० जना नेपाली विद्यार्थीको शव इजरायलले आफ्नै खर्चमा पठाइदिने

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ ।
शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् ।
‘१० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालयले भन्यो ।
शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको हो । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।
मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।








