गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार शर्माको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल (२०२३–०२५) प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

‘गैरआवासीय नेपालीको अभियानस् स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर वाचापत्र सार्वजनिक गरे । शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष छन् ।

नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडा लगायत ४० देशबाट सुझाव सङ्कलन गरिसकेका छन् । विप्रेषण रकमको प्रयोगलाई उत्पादनमूलक उद्यमसँग जोड्ने उनको योजना छ । शर्माले गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

शर्माले भने ‘एनआरएनहरुबीचको एकता पहिलो प्रतिबद्धता हो । यस्तै, वैदेशिक रोजगारः दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता छ । श्रमिकहरूको आर्थिक स्थिति सुधार्न पहल थाल्नेछु । विप्रेषण रकमको प्रयोगलाई उत्पादनमूलक उद्यमसँग जोड्न म क्रियाशील रहनेछु । गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्नेछु । साङ्गठनिक पुनःर्संरचना कार्यदलबाट गहन योजना, मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनः शून्य सहनशील स्वअनुशासन, एनआएनए निर्वाचनः सबैले गर्न पाउन मतदान, आर्थिक कुटनितिः लगानी प्रवर्द्धन मुख्य नीति, गरौँ उच्चतम प्रयोग सूचना प्रविधिः हुन्छ विकास र समृद्धि, नेपाली रोजौँ, नेपाली खोजौंः निर्यात बढाउन जोडतोडले लागौँ, गैरआवासीय सरोकारः जहाँ भएपनि नागरिकता र मताधिकार मेरो योजना रहेको छ । यस्तै, नेपाल समृद्धिको दस्ताः गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धिः जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्तिः अधिकार सम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञानः देश निर्माणको अभियान, देश विकासको बलः एक एनसीसी हजार पर्यटक, घटाऔँ वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान, योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन मूल्याङ्कन मैले बनाएको कार्ययोजना हो यो ।’

उनले गैर आवासीय नेपाली संघ सबैको साझा संस्था बनाउन कटिबद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =