नेपाल नाम मात्रैको कृषिप्रधान देश हो : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए ।

उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनु पर्ने बताए । उनले लाखौँलाख युवाहरू विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न काँग्रेस अग्रसर हुनुपर्ने बताए ।

उनले भने ‘अहिले हामीले देखिरहेका छौँ । अनुभव गरिरहेका छौँ । युवाहरू जो लाखौँलाख विदेश गइरहेका छन् । यो हाम्रो चुनौती हो । यसलाई हामीले कसरी मिट गर्ने, फेस गर्ने भन्नेबारेमा पार्टीले केलाउनु पर्छ । कृषिप्रधान देश भनिन्छ, तर नाम मात्रैको कृषि प्रधान देश भएको छ । किनभने खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको छ । जिल्लामा जाँदा खेत बाँझो छ, त्यसलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ । दसैँमा बजार अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न हामी सरकारमा छौँ, जोड दिनुपर्छ, यत्तिकै चल्छ भनेर हुँदैन । इकोनोमी नै इम्पोर्टको आधारमा चलिरहेको छ । विदेशमा युवा पठाएर रेमिटेन्सबाट देश कति दिन चल्छ रु यसमा गम्भीर हुनुपर्छ । सकेसम्म चाँडो नीति पास गरेर त्यही अनुसारका कार्यक्रम ल्याउनुपर्छ ।’

नेता सिंहले दसैँमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न काँग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =