हेपाहा प्रवृत्ति नदेखाउन भारतलाई अनेरास्ववियुको चेतावनी
२०८० असोज २६ गते

काठमाडौं । नेकपा एमाले निकट अनेरास्वविुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिना जानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देखाएको भारत परस्त कार्यशैलीको कडा निन्दा समेत गरेका छन् ।
उनले मातृभूमिको रक्षाका निम्ति नेपाल सरकारलाई तत्काल भारत सरकार सँग प्रभावकारी ढङ्गले कूटनीतिक समन्वय गर्दै घटनाबारे थप पहलकदमी लिन आग्रह गरे ।
नेपालको सार्वभौमिकताको सम्मान गर्दै हेपाहा प्रवृत्ति नदेखाउन भारतलाई अनेरास्ववियुले चेतावनी दिएको छ ।
भारतद्वारा पुनरावृत्ति भइरहेको सीमा मिचाहा व्यवहार विरुद्ध अनेरास्ववियु सीमा मै गएर कडा प्रतिवाद गर्न तम्तयार रहेको समेत अनेरास्ववियुले दाबी गरेको छ ।

२०८० असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित








