नेपालगन्जमा आगलागी हुँदा सात पसल नष्ट

काठमाडौं । बीपीचोकमा शुक्रबार बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् सट भएर बिहान साढे ४ बजे आगलागी भएको हो ।

बीपीचोकस्थित ५ वटा फर्निचर पसल, एउटा मोटरसाइकल रिपेयरिङ सेन्टर र एउटा नास्ता पसलमा आगलागी भएको हो । यी सबै पसल लस्करै थियो ।

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । आलिया फर्निचरबाट सुरु भएको आगालागीले सात वटा पसल क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डागीले भने, ‘पसलका सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण संकलन गर्दैछौं ।’ नेपालगन्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घन्टा लागेको बताए ।

आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =