जोर्डनले गाजापट्टीमा राहत विमान पठायो     

काठमाडौँ । जोर्डनले बिहीबार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाएको छ । इजिप्टका अधिकारीहरुसँगको समन्वयपछि रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण भएको थियो ।

यो सहायता गाजापट्टीमा जारी द्वन्द्वको बिचमा चिकित्सा उपचार सुनिश्चित गर्नका लागि पठाइएको हो । इजरायल र प्यालेस्टाइनबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेको छ । बिहीबारसम्म मृतकको संख्या २ हजार ६ सय भन्दा बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =