नेप्से परिसूचक २० दशमलब १६ अंकले घट्यो

काठमाडौँ । बिहीबार नेप्से परिसूचक २०.१६ अंकले घटेको छ।

लगातार चार कारोबार दिन ७८.३५ अंकले घटेको नेप्से परिसूचक बुधबार भने ५.१६ अंकले बढेको थियो । तर, उक्त वृद्धि एकदिन पनि टिक्न सकेन।

बिहीबार नेप्से १.०६ प्रतिशतले घटेर १८७४.६० बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

गत कारोबार दिन १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ पुगेको छ।

यस दिन २९२ वटा धितोपत्रको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सिटी होटल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५८५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *